बुटवल, ४ बैशाख ।
बुटवलका १७ सहित रुपन्देहीमा शनिबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ४सय १४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा १३ महिला र २१ पुरुष गरी ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकाका १७ जना, तिलोत्तमा नगरपालिकाका ७ जना, सिद्धार्थनगर नगरपालिकाका ५ जना,कञ्चन गाउपालिकाका २ जना,सैनामैना नगरपालिका,देवदह नगरपालिका र ओमसतिया गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
रुपन्देहीमा हालसम्म ९ हजार सय जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्लामा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल रुपन्देही जिल्लामा २५६ जना कोरोना संक्रमित उपचाररत रहेका छन