Share this News on Social Networking Pages

काठमाण्डौ,४ बैशाख ।
ठूला सहर र कोरोना संक्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सरकारलाई सिफारिस गरेको छ ।

शनिबार बसेको सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने र अरु ठाउँमा प्रदेश र पालिकाले निर्णय गरेअनुसार हुने निर्णय गरेको कृषि तथा पशुपन्छी मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।

कोरोना महामारीले विद्यालयहरुमा ठूलो समस्या देखिन सक्ने भएकाले भौतिक उपस्थिति बन्द गराएर अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्न मन्त्रिपरिषद् बैठकलाई सिफारिस गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

यस्तै स्वास्थ्यका मापदण्डमा कडाइ गर्ने र मास्क नलगाई हिँड्नेलाई कारबाही गर्नेसम्मका सिफारिस पनि सीसीएमसीले गरेको छ ।