Share this News on Social Networking Pages

काठमाडौं,४ वैशाख ।
नेपालमा शनिबार थप ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ५ हजार ३३३ पीसीआर नमुना परीक्षण गर्दा ७६८ जना र र ६७१ एन्टिजेन परीक्षण गर्दा ७५ जना गरी ८४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।

जसमध्ये थप २२६ सहित २ लाख ७५ हजार ३८ जना निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय २६ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ७५ हजार ३८ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ३ हजार ७५ जना जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबार संक्रमण पुष्टि भएकामध्ये ३९५ जना काठमाडौं उपत्यकाका हुन् ।

जसमा काठमाडौंमा ३१२, ललितपुरमा ७४ र भक्तपुरमा ९ जना रहेका छन् ।

शनिबार पर्सामा ५०, रुपन्देहीमा ३५, कैलालीमा ३४, दाङ २८ तथा बाँकेमा २५ जनामा संक्रमण देखिएको छ । यसैगरी नुवाकोटमा २३, सुर्खेतमा २०, रौतहटमा १९, कास्कीमा १७ र सुनसरीमा १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ रहेको छ भने ७४ जना क्वारेन्टिनमा रहेका छन् ।