Share this News on Social Networking Pages

काठमाण्डाै,४ बैशाख । पञ्जाबलाई ६ विकेटले हराउदै आईपीएल क्रिकेटमा चेन्नईकाे पहिलो जित हात पारेको छ ।
मुम्बईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

१ सय ७ रनको लक्ष्य पाएको चेन्नई सुपर किङ्ग्सले ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । चेन्नई सुपर किङ्ग्सका लागि मोइन अलिले सबैभन्दा धेरै ४६ रन बनाए । यस्तै फाप डु प्लेसिसले ३६ रन जोडे । चेन्नई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो ।

यस्तै पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई ४ रनले पराजित गरेको थियो ।