बुटवल,३ वैशाख ।
बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिला रहेकी छन् । उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान भएको हो ।
चैत २९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वास–प्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।
पछिल्लो एक हप्तामा यसअघि कोरोना विशेष अस्पतालमा चारजनाको मृत्यु भइसकेको छ ।







