बुटवल, २ बैशाख ।
बुटवलका ५ सहित रुपन्देहीमा बार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ३ सय ४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७ महिला र ८ पुरुष गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहिबार बुटवल उपमहानगरपालिकाका ५ जना,तिलोत्तमा नगरपालिकाका ४ जना र सिद्धार्थनगर नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
रुपन्देहीमा हालसम्म ८ हजार ९ सय ९२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्लामा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल रुपन्देही जिल्लामा १९५जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।