बुटवल,१ बैशाख ।
बुटवलका २१ सहित रुपन्देहीमा बुधबार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार ३ सय ८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीमा बुटवलका २१ सहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकाका २१ जना,तिलोत्तमा नगरपालिकाका ८ जना,सिद्धार्थनगर नगरपालिकाका ३ जना,सैनामैना नगरपालिका र सियारी गाउपालिकाका २/२ जना,देवदह नगरपालिका,लुम्बिनी सांस्कृतिक नगरपालिका र सुद्वाेधन गाउपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रुपन्देहीमा हालसम्म ८ हजार ९ सय ८४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्लामा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल रुपन्देही जिल्लामा १८८ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।