Share this News on Social Networking Pages

बुटवल,१ बैशाख ।
बुटवल स्थित देउराली लघुवित्त वित्तिय संस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

मंगलबार बुटवलमा भएको साधारणले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिकामा केन्द्रीय कार्यालय रहेको आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडसँग मर्जर÷प्राप्तिमा जाने बिशेष प्रस्ताव पारित गरेको छ ।

संस्थाका अध्यक्ष बिनोद ज्ञवालीको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष ज्ञवालीले आर्थिक बर्ष २०७६÷०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका सञ्चालक तथा संयुक्त मर्जर सदस्य दामोदर खनालको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभाको सञ्चालन वित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनि सचिब शिव प्रसाद ज्ञवालीले गरेका थिए।