Share this News on Social Networking Pages

बुटवल,३१ चैत ।
बुटवलका १५ सहित रुपन्देहीमा मंगलबार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार २ सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देहीमा बुटवलका १५ सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार बुटवल उपमहानगरपालिकाका १५ जना,तिलोत्तमा नगरपालिकाका १० जना र सिद्धार्थनगर नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

रुपन्देहीमा हालसम्म ८ हजार ९ सय ९० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

जिल्लामा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल रुपन्देही जिल्लामा १५३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।