Share this News on Social Networking Pages

बुटवल,३० चैत ।
शिक्षकहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बुटवलको कालिका मानवज्ञान माविको पठनपाठन तीन दिनका लागि बन्द गरिएको छ ।

विद्यालयका ७ जना शिक्षकमा कोरोना संक्रमण देखिएपछि बैशाख २ गतेसम्मको लागि विद्यालयको पठनपाठन बन्द गरिएको प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले जानकारी दिए ।

संक्रमित शिक्षकहरु आइसोलेसनमा बसेका र अनलाइनमार्फत पठनपाठन सञ्चालन भइरहेको ज्ञवालीले बताए ।

पूर्व निर्धारित परीक्षा भने स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर यथावत सञ्चालन रहने विद्यालयले जनाएको छ ।

सरकारी विद्यालयहरुमध्ये नेपालकै धेरै विद्यार्थी भएको सो विद्यालयमा चार हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

रुपन्देहीमा सोमबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार मात्रै बुटवल कोरोना विशेष अस्पतालमा भर्ना भएका ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।