Share this News on Social Networking Pages

बाँके, ३० चैत ।
बाँकेमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालको कोभिड वार्डको भेन्टिलेटरमा उपचाररत बर्दियाकी ७५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

वलीका अनुसार चैत २२ गते पीसीआर परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट रिपोर्ट पोजेटिभ आएको थियो । चैत २५ गते अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा सोमबार दिउँसो १ः४० बजे मृत्यु भएको फोकल पर्सन वलीले बताए ।