बुटवल,२८ चैत ।
देशभर कोरोना संक्रमितहरुको संख्या बढ्ने क्रमसँगै रुपन्देही जिल्लामा पनि कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढेको छ ।
शुक्रबार १४ जनामा संक्रमण पुष्टि भएको रुपन्देहीमा शनिबार २० जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार २ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा बुटवलका १० सहित रुपन्देहीमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार बुटवल उपमहानगरपालिकाका १० जना,तिलोत्तमा नगरपालिकाका ६ जना,सिद्धार्थनगर नगरपालिकाका ३ जना र देवदह नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लाका ५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
रुपन्देहीमा हालसम्म ८ हजार ९ सय ७४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्लामा हालसम्म १५६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल रुपन्देही जिल्लामा ८६ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।