Share this News on Social Networking Pages

अवस्था असामान्यतिर उन्मुख
काठमाण्डौ,२८ चैत ।
नेपालमा शनिबार थप तीन सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७९ हजार सात सय २५ पुगेको छ ।

परीक्षण गरिएका कुल नमूनाको नौ दशमलव ५४ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार परीक्षण गरिएको नमूनामध्ये पाँच प्रतिशत भन्दा धेरैमा संक्रमण पुष्टि भएमा अवस्था असामान्यतिर गएको मानिन्छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप एक सय ५१ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ७३ हजार आठ सय ८६ जना कोरोना संक्रमित निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म तीन हजार ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर दुई हजार आठ सय जना सक्रिय संक्रमित रहेका छन् ।