Share this News on Social Networking Pages


विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइन र विद्यालयमा सजगता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं,२५ चैत ।
नेपालमा बुधबार थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर चार हजार १ सयको पिसिआर परीक्षण गर्दा २ सय ९८ जना र एक हजार ४० जनामा एन्टिजेन परीक्षण गर्दा ४१ जना गरी ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार संक्रमण पुष्टि भएकामध्ये काठमाडौंका १३२ जना, ललितपुरमा २६ र भक्तपुरमा ५ जना गरी १६३ जना काठमाण्डौं उपत्यकाका रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७४ जना कोरोना संक्रमित निको भएका छन् ।

हाल देशभर २ सय १ जना कोरोना संक्रिया संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यसैबीच विदेशबाट आउनेलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्न व्यवस्था मिलाइदिन मन्त्रालयले आग्रह गरेको । एन्टिजेट परीक्षणमा जोड दिन बढी भीडभाड हुने ठाउँ र विद्यालयजस्ता क्षेत्रमा स्वास्थ्य संयमता अपनाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

सार्वजनिक स्थान र घरबाहिर निस्कँदा अनिवार्य मास्क लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।