Share this News on Social Networking Pages

काठमाडौँ,१७ चैत ।
नेपालमा मंगलबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार १ सय ४० पीसीआर परीक्षण गर्दा १६७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुसा

यससँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ११५ जना कोरोना संक्रमित निकाे भएका छन् ।
नेपालमा हालसम्म २ लाख ७२ हजार ७ सय २७ जना कोरोना संक्रमित निकाे भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा हालसम्म ३ हजार ३० जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
हाल देशभर १ हजार ३ सय ९० जना आइसोलेसनमा र ५३ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा २२ लाख ६७ हजार ४०८ पीसीआर परीक्षण भएका छन् ।