Share this News on Social Networking Pages

काठमाडौं,१४ चैत ।
भारतमा एकै दिन ६२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय संक्रमणदर पुनः उच्च बन्दै गएको भारतमा गत २४ घण्टाभित्र थप ६२ हजार २९१ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टाभित्र भारतमा कोरोना संक्रमणका कारण २९२ जनाको मृत्यु भएको वल्र्डोमिटर्सको तथ्यांकमा उल्लेख गरिएको छ ।

पछिल्लो तथ्यांकअनुसार भारतमा कूल संक्रमितको संख्या एक करोड १९ लाख आठ हजार ३७३ पुगेको छ । त्यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६१ हजार २७५ पुगेको छ ।

भारतमा हाल चार लाख ५४ हजार २४९ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये आठ हजार ९४४ जनाको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

हालसम्म भारतमा कोरोना संक्रमित भएकामध्ये एक करोड १२ लाख ९२ हजार ८४९ जना निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।