Share this News on Social Networking Pages

-प्रकाश कुमार सिग्देल

नाटक र नौटंकीमा कत्ति फरक देख्दिनँ म !

त्यसैले त राजनीति बुझ्दिनँ म

नाटक र नौटंकीमा कत्ति फरक देख्दिन म

गधालाई दूधले नुहाइदिने व्यर्थको कोसिस किन?

त्यसैले त राजनीति बुझ्दिनँ म

दरबारलाई म्युजियम बनाउने शक्ति

स्वार्थै स्वार्थको र्‍यालमा चिप्लियो किन?

त्यसैले त राजनीति बुझ्दिनँ म

हिजोको धोबीको कुकुर घरको न घाटको

तर आज त्यही आफ्नै घरको खाटको

छिनछिनमै यस्तो भइराख्छ किन?

त्यसैले त राजनीति बुझ्दिनँ म

सडकमा सिंह बन्नेहरू उही हुन्

तर सिंहदरबारभित्र स्याल बने किन?

त्यसैले त राजनीति बुझ्दिनँ म

गठबन्धन हो या यो ‘गोठको बन्धन’

दाम्लो छिनाली भदौरे साँढेको पारा गर्छन् किन?

त्यसैले त राजनीति बुझ्दिनँ म

गुटैगुट–स्वार्थको सेप्यानमा हुर्कन नपाएको

नेपाली राजनीतिमा यति सारो सप्रेका नेता किन?

त्यसैले त राजनीति बुझ्दिनँ म

साहित्यपाटिबाट