काठमाडौं,१२ चैत ।
नेपालमा बिहिबार थप १२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८९१ जनाको नमुना परीक्षण गर्दा १२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ ।

बिहीबार संक्रमण पुष्टि भएका संक्रमितमध्ये ६५ जना काठमाडौं उपत्यकाका हुन् । भने कास्कीका १९, दाङका ६,रुपन्देही र मोरङका ४÷४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ८५ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म २ लाख ७२ हजार २७२ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म ३ हजार २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

संक्रमण बढ्न सक्ने सम्भावना बढिरहेका बेला नेपालमा परीक्षण संख्या भने घटेको छ ।

बुधबार ३ हजार ९६३ जनाको नमुना परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको थियो ।

बिहिबार भने जम्मा २ हजार ८९१ जनाको नमुना परीक्षण भएको हो ।

नेपालमा हालसम्म २२ लाख ५१ हजार ८८४ नमुनाको पीसीआर परीक्षण भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार २१७ रहेको मन्त्रालयले जनाएको छ ।