Share this News on Social Networking Pages

काठमाडौं,१० चैत ।
नेपालमा मंगलबार थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७६ हजार २४४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ७७ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म २ लाख ७२ हजार ९७ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण बाट नेपालमा हालसम्म ३ हजार १९ जनाको मृत्यु भएको छ ।

हालदेशभर नेपालमा १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेका छन् ।

क्वारेन्टाइनमा ४८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना कहरमा बृद्दी भएसँगै नेपालमा पनि कोरोना संक्रमणको दर बढ्न थालेको छ ।

बिगत केहि हप्ता देखि २ अंकमा सिमीत रहेको कोरोना संक्रमितको दर सोमबार देखि ३ अंकमा उकालो लागेको छ ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि संक्रमण फैलने खतरा बढेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।