काठमाण्डौ,१० चैत ।
आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ ।
पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् । प्रतियोगितामा नेपालका लागि गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा गरिएको बताए । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिने महर्जनको दाबी छ ।
घरेलु मैदानमा हुने खेललाई लिएर आफू उत्साहित रहेको उपकप्तान रोहित चन्दले बताए । नेपालले आफ्नो पहिलो खेल १२ गते बिहीवार किर्गिस्तानसँग खेल्नेछ । नेपालले दोश्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ ।
त्रिदेशीय लिगको फाइनल खेल चैत १६ गते हुनेछ ।