काठमाण्डौ,१० चैत ।
अमेरिकाको कोलोराडोमा बन्दुकधारीको आक्रमणबाट एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको मृत्यु भएको छ ।
बोल्डर सहर स्थित किङ्ग सूपर ग्रोसरी स्टोरमा बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएको बीबीसीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेका अभियुक्तलाई चोट लागेकाले उपचार भइरहेको प्राप्त समाचारमा जनाइएको छ । आक्रमणको कारणबारे अभै केही खुलेको छैन ।