Share this News on Social Networking Pages

दाङ,१० चैत ।
दाङको लुलसीपूरमा स्कुल बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

तुलसीपुर स्थित ज्ञानज्योति सेकेन्डरी स्कुलको रा १ क ४३३ नम्बरको बस पल्टिँदा तुलसीपुर १६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको हो ।

दुर्घटनामा २३ जना विद्यार्थी घाइते भएका छन् । घाइते केहीको तुलसीपुरको राप्ती प्रादेशिक अस्पताललगायतका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । केही विद्यार्थीको गम्भीर घाइते भएकाले थप उपचारका लागि बाँकेको नेपालगन्ज रेफर गर्ने तयारी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।