Share this News on Social Networking Pages

बुटवल,९ चैत ।
बुटवलका ४ सहित रुपन्देहीमा सोमबार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लाका ३ महिला र ४ पुरुष गरी ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोमबार बुटवल उपमहानगरपालिकाका ४ जना,तिलोत्तमा नगरपालिका,देवदह नगरपालिका र ओमसतिया गाउपालिकाका १÷१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९ हजार १ सय ५ पुगेको छ ।

रुपन्देही जिल्लामा हालसम्म ८ हजार ९ सय १ जना कोरोना संक्रमित निको भएका छन भने १५५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

हाल जिल्लाभर ४९ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।