Share this News on Social Networking Pages

काठमाडौं,९ चैत ।
नेपालमा सोमबार थप १५० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७२ जनाको पिसिआर परीक्षण गर्दा १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म २ लाख ७२ हजार २० जना कोरोना संक्रमित निको भएका छन् ।

यस्तै गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ३ हजार १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार ३ हजार १८१ नमुना परीक्षण गर्दा ७७ जनामा संक्रमण देखिएको थियो ।

सोमबार काठमाडौं उपत्यकामा मात्रै ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १७ रहेको मन्त्रालयले जनाएको छ ।