बुटवल,८ चैत ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्षको तेस्रो चौमासिक सम्ममा जम्मा ३६.४६ प्रतिसत रकम मात्रै खर्च गरेको छ ।
बैशाख मसान्त सम्ममा सबै विकास वजेट खर्च गर्ने योजना बनाएको प्रदेश सरकारले चालु आर्थिक बर्षको तेस्रो चौमासिक सकिदासम्म जम्मा ३६.४६ प्रतिसत मात्रै वजेट कार्यान्वयन गरेको हो ।
यस अवधिमा विकास वजेटको ४० प्रतिसत रकम खर्च गर्ने लक्ष भए पनि विनियोजित कूल वजेटको ३६.४६ प्रतिसत मात्रै वजेट कार्यान्वयन हुनुले बैशाख मसान्तसम्म सबै विकास वजेट खर्च गरेर संघीय सरकारसँग थप रकम माग गर्ने प्रदेश सरकारको योजना सफल हुनेमा आशंका उत्पन्न भएको छ ।
प्रदेश सरकारका मन्त्रालयहरुमध्ये सबैभन्दा कम रकम खर्च गर्नेमा भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय रहेको छ भने सबैभन्दा धेरै बजेट खर्च गर्नेमा उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय रहेको छ ।
चालु आर्थिक बर्षको तेस्रो चौमासिक भित्र ४० प्रतिसत वजेट खर्च गर्ने लक्ष लिएको मन्त्रालयले यस अवधिमा जम्मा १५ प्रतिसत मात्रै वजेट कार्यान्वयन गरेको छ ।
उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले भने यस अवधिमा ४० प्रतिसत वजेट खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब बाबुराम अधिकारीले भने चालु आर्थिक बर्षको यस अवधिमा लक्ष अनुरुप वजेट खर्च नभए पनि समग्रमा वजेट कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको बताए ।
भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका भूमि व्यवस्था महाशाखा प्रमुख अनिल मरासिनीले भने मन्त्रालयको वजेट कृषक केन्द्रीत हुने र कृषकसँग सम्झौता भए पनि रकम निकासा हुनमात्रै बाँकी रहेकोले खर्च कम देखिएको प्रतिक्रिया दिए ।
सबैभन्दा धेरै वजेट भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि लक्ष अनुरुपको वजेट खर्च गर्न सकेको छैन ।
सो मन्त्रालयले चालु आर्थिक बर्षको तेस्रो चौमासिक सम्म जम्मा ३७.९५ प्रतिसत रकम खर्च गर्न सफल भएको छ ।
बैशाख मसान्तसम्म बिनियोजित सबै विकास वजेट खर्च गरेर संघीय सरकारसँग थप वजेट मागगर्ने बताउदै आएका मुख्यमन्त्री शंकर पोखरेलकै मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयकै वजेट समेत अत्यन्तै कम खर्च भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले चालु आर्थिक बर्षको यस अवधिमा ९.६५ प्रतिसत मात्रै वजेट खर्च गरेको हो ।
प्रदेश सरकारको चालु आर्थिक बर्षको यस अवधिमा भएको वजेट खर्चलाई हेर्दा बैशाख मसान्तसम्म विकास वजेट खर्च गरिसक्ने प्रदेश सरकारको योजना घोषणामै सिमित हुने सम्भावना बढेर गएको छ ।
राज्य खबरका लागि क्यामेरामा माधव पौडेलको साथमा प्रकाश खनाल,बुटव