Share this News on Social Networking Pages

काठमाडौं,८ चैत ।
भारत सहित छिमेकी मुलुकहरूमा कोरोना संक्रमणदर बढ्दै गएपछि सरकारले देशभर सभा, जुलुस, ¥याली, भेला जस्ता सामूहिक जमघट नगर्न आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी सो आग्रह गरेको हो ।

‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर, सभा, जुलुस, सम्मेलन, गोष्ठी, सेमिनार,भीँडभाड हुने व्यवसाय र कार्यहरू नगर्नु हुन अनुरोध छ’ मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमद्धारा जारीे विज्ञप्तिमा उल्लेख छ ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।