काठमाडौं,६ चैत ।
नेपालमा शुक्रबार एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा तीन हजार एक सय ६१ जनाको पीसीआर परीक्षण गर्दा एकसय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या दुईलाख ७५ हजार सात सय ५० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट एकसय २३ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म दुई लाख ७१ हजार सात सय ३३ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म तीन हजार १६ जना कोरोना संक्रमित निको भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या एक हजार एक रहेको छ भने ५१ जना क्वारेनटिनमा रहेका छन् ।