बुटवल,४ चैत ।
राष्ट्रिय जनमुक्ति पार्टीले किराँत संस्कृति र सभ्यतासंग समीप्यता राख्ने अरुण–तमोर–दूधकोशी संगम क्षेत्रमा रहेको “खुवालुङ” को संरक्षणका लागि सरोकारवाला पक्षले उठाएको माग र खबरदारी जायज भएको ठहर सहित समर्थन र ऐक्यवद्धता प्रकट गरेको छ ।
पार्टीका महासचिव केशव सुर्यबंशीद्धारा आज एक प्रेस विज्ञप्ति जारी गरी किराँत संस्कृति र सभ्यतासंग समीप्यता राख्ने अरुण–तमोर–दूधकोशी संगम क्षेत्रमा रहेको “खुवालुङ” को संरक्षणका लागि सरोकारवाला पक्षले उठाएको माग र खबरदारी जायज भएको ठहर सहित समर्थन र ऐक्यवद्धता प्रकट गरेको हो ।
खुवालुङ–क्षेत्रलाई साँस्कृतिक स्थलको रुपमा विकास गर्दै लैजाने गरी “विशेष संरक्षित क्षेत्र” घोषणा गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।
जहाँनिया राणा शासनका विरुद्ध संघर्ष गर्दा लामो समय जेल यातना भोगी वि.सं. १९३३ चैत्र १० गते जेलमै शहादत प्राप्त गरेका तर इतिहासमा ओझेल पारिएका अग्रणी शहीद शुकदेव गुरुङ्गलाई राज्यले शहीदको घोषणा गरी राष्ट्रिय सम्मान प्रकट गर्न समेत सो पार्टीले माग गरेको छ ।