Share this News on Social Networking Pages

काठमाण्डाै,४ चैत । अफ्रिकी देश नाइजरमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ५८ जनाको मृत्यु भएको छ । मंगलबार मालीसँगको सीमा क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ५८ जना मारिएकाे नाइजर सरकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् ।

बीबीसीका अनुसार तिलाबेरी क्षेत्रको बजारबाट चारवटा गाडीमा आउँदै गरेका नागरिकलाई लक्षित गरी बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी नलिएको खबरमा उल्लेख छ ।

नाइजरमा अहिले दुई वटा विद्रोही समूह सक्रिय रहेका छन् । पश्चिममा माली र बुर्किना फासो नजिक तथा अर्को समूह नाइजेरियासँग सीमा जोडिएको दक्षिण पूर्वी क्षेत्रमा सक्रिय रहेकाे बीबीसीले जनाएको छ ।