काठमाडौं, ४ चैत । आगामी दिन दिनसम्म देशका केही ठाउँमा हावा हुरी, मेघगर्जन र चट्याङसहित सामान्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसकाे प्रभावका कारण मौसममा बदली आएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बुधबार दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मेघगर्जन, चट्याङ र हावा हुरीसहित सामान्य वर्षाको सम्भावना शुक्रबारसम्मै कायम रहने भएकोले सतर्क रहन महाशाखाले सचेतसमेत गराएको छ ।