Share this News on Social Networking Pages

काठमाण्डाै,३ चैत ।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।
नेपाल आयल निगमले पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँका दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

निगमले यसअघि फागुन ११ गते मूल्य बढाएको थियो ।