Share this News on Social Networking Pages

बुटवल,३ चैत ।
नेपालमा मंगलबार थप एक सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गर्दा एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७५ हजार चार सय २४ पुगेको
छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९४ जना कोरोना संक्रमित निको भएका छन् ।
यससँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार चार सय ९५ पुगेको छ । अहिले नौ सय १५ जना आइसोलेशनमा रहेका छन् ।

कोरोना संक्रमणका कारण २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म तीन हजार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।