बुटवल,१ चैत ।
रुपन्देहीको मर्चवारबाट प्रहरीले पेस्तोल सहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चेकजाँच गर्ने क्रममा जिल्लाको मर्चवारी– ७ कन्चनापुरबाट १ थान गोली नभएको कटुवा पेस्तोल बरामद गरेको हो ।
पक्राउ पर्नेमा सम्मरीमाई गा.पा.वडा न.७ बेतकुईया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेका छन् ।
भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शंका लागि खान तलासी गर्ने क्रममा एक थान पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले जानकार्री दिए ।
्
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ ।