बुटवल,२९ फागुन ।
जनमुक्ति युवा महासंघ सिद्धार्थनगर नगर समितिमा पवन थापाको नेतृत्वमा नयाँ चयन भएको छ ।
शनिबार भैरहवामा सम्पन्न महासंघको दोस्रो अधिवेशनले पवन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सलाउद्यीन आलम,महिला उपाध्यक्षमा खीमा आले,सचिवमा दीपेश परियार,सह सचिबमा मेलिना राना,कोषाध्यक्षमा पुरन हिताङ्ग,सह कोषाध्यक्षमा महमद अफरोज चयन भएका छन् ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा गणेश गुरुङ,सुरज जोशी,राम गुरुङ,बुद्धि थापा,आकाश आले,सुरज थापा रहेका छन् ।
महासंघका नगर अध्यक्ष अजय गुरुङको सभापतित्व र जनमुक्ति पार्टीका केन्द्रीय सचिव सुर्य कुमार सारु मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन उद्घाटन कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झम बहादुर गुरुङ,जिल्ला अध्यक्ष प्रेम बहादुर थापा,नेकपा माओवादी केन्द्रका नेता लेखराज खान,जसपाका परमेश्वर यादव,जनमुक्ति युवा महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सुन्दर गुरुङ,प्रदेश अध्यक्ष डिबी थापा,विद्यार्थी नेता आसिश गुरुङ,महासंघका जिल्ला अध्यक्ष हेमन्त बुढाथोकी,सोभा थापा,रेखा प्रसाद चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसअघि भैरहवाको अञ्चलपूरबाट बेलहीयासम्म मोटरसाइकल र्याली निकालिएको थियो ।