बुटवल,२६ फागुन ।
नेपालमा ९७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ४ हजार ४८४ जनाको नमुना परीक्षण गर्दा ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७० पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म २ लाख ७१ हजार ११६ जना कोरोना संक्रमित निको भएका छन् ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ३ हजार १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९४२ रहेको मन्त्रालयले जनाएको छ ।