बुटवल,२७ फागुन ।
नेपाल नेत्रहिन संघ रुपन्देहीको आयोजानमा जिल्लामा सञ्चालन भएको ‘श्रवण दृष्टिविहिनता अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाथ्य जिवन परियोजना’को विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सरोकारवाला निकाय, अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्था र सञ्चारकर्मीहरुको विचमा अभिभुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अपाङ्गता भएका व्यक्तिहरुको लागि तिनै तहका सरकारले भुमिका खेल्नुपर्नेमा जोड दिए । उनले यसको लागि आफुले निरन्तर रुपमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।
जिल्ला शिक्षा संमन्वय एकाई भैरहवाका प्रमुख दिपेन्द्र ढकालले समावेशी शिक्षाको अवधारणा अनुसार बिशेष शिक्षाका कार्यक्रममा जिल्ला शिक्षा संमन्वय एकाई कार्यालयले सहयोग गर्दे आएको जानकारी दिए ।
कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रीय सचिव कलाधर भण्डारी, नेपाल नेत्रहिन संघ रुपन्देही श्रवण दृष्टिविहिन परियोजना संयोजक प्रेम आचार्य,रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी, जिल्ला स्वाथ्य कार्यालय भैरहवाका प्रमुख डा. रोजेन्द्र गिरी, परियोजना सहजकर्ता टिकाराम पौडेलले लगायतले आ आफ्नो भनाई राखेका थिए ।