बुटवल,२७ फागुन ।
रुपन्देहीको शुद्धोधन–६ गुरौली स्थित नागेश्वर दर्शन धाम समिती द्वारा शिवरात्रिको अवसरमा बुधबार दाता सम्मान तथा धार्मिक सभा कार्यक्रम सम्पन्न भएको छ ।
वौद्धलाल शर्माको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद तुलसी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विश्व हिन्दु युवा संघ रुपन्देहीका अध्यक्ष तथा केन्द्रिय सद्स्य शिव मल्ल, कार्यक्रम संयोजक केशब कंडेल, गायत्री परिवारका गुरु आचार्य सुरेन्द्र राज, पं टिकाराम कंडेल, महेन्द्र गौतम लगायतले बोल्दै नागेश्वर मन्दिरलाई अगामी दिनमा अझै व्यवस्थित र मन्दिर क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नागेश्वर मन्दिर स्तरोन्न्तिका लागि सहयोग गर्ने दाताहरुलाइ द्वोसल्ला र मायाको चिनोले सम्मन गरिएको थियो ।