बुटवल,२५ फागुन ।
बुटवलका पाँच सहित रुपन्देहीमा मंगलबार थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा रुपन्देही जिल्लामा ७ पुरुष र ६ महिला गरी १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या नौ हजार ५६ पुगेको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार मंगलबार रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ५ जना,तिलोत्तमा नगरपालिकाका ३ जना,सिद्धार्थनगर नगरपालिकाका २ जना तथा सैनामैना नगरपालिका र ओमसतिया गाउपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देही जिल्लामा हालसम्म ८ हजार ८ सय ८७ जना कोरोना संक्रमित निको भएका छन भने १४७ जनाको मृत्यु भएको छ ।

जिल्लामा हाल २२ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

तीन दिन अघि एक जनामा संक्रमण पुष्टि भएको रुपन्देहीमा मंगलबार एकैदिन १३ जनामा संक्रमण पुष्टि भएको हो ।