बुटवल,२४ फागुन ।
नेपालमा सोमबार थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा चार हजार तीन सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार आठ सय १० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म दुई लाख ७० हजार नौ सय २७ जना कोरोना संक्रमित निको भएका छन् ।
पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म तीन हजार ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल देशभर आठ सय ७२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।