बुटवल,२४ फागुन ।
नेपाल दृष्टिविहिन उत्थान संघ सैनामैना–१० रुपन्देहीको १७ औ बार्षिक साधारण सभा तथा चौथो अधिवेसन सम्पन्न भएको छ ।
अविधेसनले पुनः हुमनाथ अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
महाधिवेसनबाट उपाध्यक्ष तारापती क्षेत्री, महासाचिव मुक्तीनाथ पाण्डे, कोषाध्यक्षमा शंकर रेग्मी, सचिव निर्मला पाण्डे र सदस्यहरुमा रजिता रेग्मी, सुनिल सुवेदी, कमला राना, दामोदर विसी चयन भएका हुन ।
अधिवेसनको उद्घाटन गर्दै प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेश सत्ता पक्षका प्रमुख सचेतक भुमिश्वर ढकालले अपाङ्गता मैत्री प्रदेश निर्माणमा तिन तहका विचमा हातेमालो आवश्यक भएको बताए ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय अध्यक्ष मित्रलाल शर्माले अपाङ्गता हक हित संरक्षणका लागि महासंघ लागिपरेको बताए ।
सैनामैना नगरपालिका वडा नम्बर ९ का अध्यक्ष डोलराज भण्डारी, नेपाली काग्रेस सैनामैना वडा नं १० का अध्यक्ष नरेन्द्र बहादुर सोमरे लगायतले शुभकामना मन्त्वय राखेका थिए ।
कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष लोकनारायण थापा, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल केन्द्रीय सदस्य सन्तोष पन्त, पिताम्बर लम्साल, लुम्बिनी प्रदेश सदस्य दामोदर विसी, शिला घिमिरे लगायतले आ आफ्नो भनाई राखेका थिए ।
सो अवसरमा अध्यक्ष हुमनाथ अधिकारीले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषााध्यक्ष शंकर रेग्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम सचिव निर्मला पाण्डे को सञ्चालन तथा उपाध्यक्ष तारापती क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।