Share this News on Social Networking Pages

पारदर्शी सरोकार समूह बुटवलद्धारा प्रधानाङ्गलाई सम्मान
बुटवल,२४ फागुन ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गले भष्ट्राचार न्युनिकरण गर्ने कार्यमा महिलाहरु जागरुक हुनुपर्नेमा जोड दिएकी छन् ।

हरेक क्षेत्रमा भष्ट्राचार हाबि रहेको भन्दै उहाँले ५२ प्रतिसतको संख्यामा रहेका महिलाहरुको सक्रियताबीना भ्रष्टाचार न्युनिकरण गर्न कठिन हुने बताइन् ।

नेपाल आदावासी जनजाती पत्रकार महासंघ (फोनिज) रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पैसा लेनदेन गर्नुमात्र नभएर भष्ट आचरण पनि भष्ट्राचार भएको बिचार व्यक्त गरिन् ।

एक दशकदेखि नेपालमा भष्ट्राचारको तालिका स्थिर रहेको भन्दै उनले यो वर्ष नेपाल ३३ अंकमा रहेको जानकारी दिइन् ।

भुकम्पपछिको पुननिर्माणमा विदेशी दातृराष्ट्रबाट आएको सहयोगमा समेत भष्ट्राचार भएको गुनासो आएको भन्दै अध्यक्ष पद्यिनीले श्रीमानले कमाएर ल्याएको रकम बैध हो की अबैध हो भन्ने बिषयमा महिलाहरु सचेत हुनुपर्नेमा जोड दिइन् ।

फोनिज रुपन्देहीका अध्यक्ष सोनु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा टिआई नेपालका महेन्द्र नारायण श्रेष्ठ, पारदर्शी सरोकार समूह बुटवलका अध्यक्ष महेन्द्र पाण्डे लगायतले भष्ट्रचार न्युनिकरण कुनै एक संस्थाले मात्रै अभियान चलाएर मात्रै नपुग्ने भन्दै नागरिकहरु जगरुक हुनुपर्नेमा जोड दिए ।
यसैबीच महिला दिवसको अवसर पारेर पारदर्शी सरोकार समूह बुटवलले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष पद्मिनी प्रधानाङ्गलाई सम्मान गरेको छ ।