Share this News on Social Networking Pages

बुटवल २२ फागुन
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव डा. ओम गुरुङले पहिचान र राष्ट्रको विकासका लागि जनगणना महत्वपूर्ण हुंने बताएका छन् ।

राज्यले जनसख्याकै आधारमा बजेट विनियोजन र त्योजातिको पहिचान सुनिश्चतगर्ने भएकाले गुरुङ समुदाय जनगणनाबाट छुट्न नहुंनेमाउहांले जोड दिए ।

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् लुम्बिनीप्रदेश समितिले आज बुटवलमा आयोजना गरेको राष्ट्रिय जनगणना–ं०७८ विषयकअन्तरक्रियाकार्यक्रममाबोल्दैं गुरुङले गुरुङ समुदायले जनगणनाबाट छुटेर आफ्नोपहिचान मेट्ने कामगर्न नहुंने बताए ।

जनगणनाकै आधारमा दशवर्षसम्म राज्यले नीति–निर्माण,जातीय सहभागिता र विकासका कामगर्ने भएकाले जनगणनाको बेलामा चनाखो बन्ननले आग्रहगरे ।
परिषद्का केन्द्रीयअध्यक्ष रेशम गुरुङले गुरुङ समुदायचनाखो नहुंदा राज्यले गरेको जनगणना सहीआउंननसकेको गुनासो गरे ।

गुरुङको सहीतथ्याङकल्याउनकालागिअवहुंने जनगणनामा परिषद्ले देशभर परिचालनगर्नका लागि केन्द्रीय स्तरीय समिति गठन गरिएको बताए ।

परिषद् सबै गुरुङहरुको साझा संगठन भएकाले संगठनमा भएकाव्यक्तिकुनैं पार्टीको भरौटे बन्ननहुंनेमाउहांले जोड दिए ।

वरिष्ठ समाजसेवी शेरबहादुर गुरुङले जनगणनामा सबै गुरुङहरु एकजुट भएर लाग्नुपर्ने बताए ।
उनले गुरुङको आफ्नैं पहिचानभएकाले राज्यले त्यही रुपमा सम्मानगर्न आग्रहगरे । प्राध्यापक डा.योगेन्द्र गुरुङले यसपटकको जनगणना समावेशी र सहभागीमुलकहुंने भन्दैं नछुट्न गुरुङ समुदायलाई आग्रहगरे ।

उनले आदिवासीजनजातिहिन्दु धर्म अन्तरगतनपर्ने भन्दैं गुरुङ समुदायले धर्ममाबौद्ध या वोन र मातृभाषामा गुरुङ लेख्न निर्देशन दिए ।

परिषद्का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङले जनगणनामा गुरुङ आफै सचेत हुंनुपर्ने भन्दैं गणकलाई जिम्मेवारी दिननहुंने बताए ।

महासचिव सुर्यबहादुर गुरुङले गुरुङहरु चनाखो नहुंदा ०५८ सालभन्दा ०६८ सालकोे जनगणनामा गुरुङको जनसख्या घटेको स्मरण गरे ।

परिषद्का प्रदेश अध्यक्षखुमबहादुर गुरुङको अध्यक्षता,सचिवलालबहादुर गुरुङको सञ्चालन तथा रुपन्देहीकी अध्यक्षबिमला गुरुङको स्वागतमा सम्पन्नभएको कार्यक्रममा परिषद्का सहमहासचिव डम्बर गुरुङ लगायतले जनगणनाको महत्वबारे प्रकास पारेका थिए ।

बुटवल–१० महाज्ञान बौद्धबिहार विस्क्याम्पमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश समिति अन्तरगतका जिल्लाहरुबाट गुरुङ अगुवाहरुको सहभागिता रहेको थियो । सरकारले हरेक दशवर्षमा गर्दैं आएको जनगणना ०७८ साल जेष्ठ २५ देखि असार ८ गतेसम्म हुदैंछ ।