Share this News on Social Networking Pages


अर्थमन्त्री पौडेल सवार गाडीमा ढुंगा प्रहार

बुटवल,२१ फागुन ।
स्थानीयको विरोधका बीच रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले स्थानीयको बिरोध प्रदर्शनकाबीच शुक्रबार दिउसो सुरक्षाघेरामा औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।

स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गर्दा कोरिडोर क्षेत्रमा झडपको अवस्था सृजना भएको थियो ।

पौडेलले भाषण गरिरहँदा स्थानीयले माईकको लाईन काटिदिएपछि पौडेल बिचमै सम्बोधन छाडेर निस्किएका थिए ।
अर्थमन्त्री विष्णु पौडेल औद्योगिक क्षेत्र शिलान्यासका लागि कार्यक्रम स्थल पुग्नुअघि नै स्थानीयहरुको ठूलो भिड लागेको थियो । जहाँ स्थानीयले वैकल्पिक व्यवस्था विना हटाउन लागेकोमा आक्रोश पोखेका थिए ।

बाक्लो सुरक्षाकर्मीको माझ शिलान्यास स्थल पुग्नुभएका अर्थमन्त्री पौडेल सवार गाडी माथि स्थानियले ढुंगा प्रहार गरेका थिए ।

स्थानियको नाराबाजी र आक्रोस जारी रहेका बेला सुरक्षाघेराविच अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेका हुन् ।

आक्रोशित स्थानियले मञ्चमा ढुंगा प्रहार र विजुलीको लाइन काटिदिएपछि अर्थमन्त्री पौडेल सम्बोधन बीचमै रोकेर निस्कनुभयो ।
कार्यक्रम सकिए लगत्तै स्थानिले शिलान्यस स्तम्भ तोडफोड गरेका छन ।
आँफूहरुले जोतभोग गरेको जग्गा औद्योगिक क्षेत्रको नाममा गएको भन्दै मोतिपुर क्षेत्रका स्थानिले सुरुदेखी नै विरोध जनाउँदै आएका थिए । शिलान्यास कार्यक्रम तय भएपछि जसरी पनि अवरोध गर्ने चेतावनी दिएका थिए ।
विहिबार राती कार्यक्रम स्थलको मञ्च समेत स्थानीयले भत्काइदिएका थिए । कम्तीमा १० जना स्थानीय प्रदर्शनकारी र १ जना शसस्त्र प्रहरी र जनपद प्रहरी घाइते भएको बताइएको छ । अर्थमन्त्रीको गाडीलाई कार्यक्रमस्थलमा आउन नदिन बिहानै देखि उपस्थित स्थानीयले पौडेलको गाडीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि प्रहरीको पछाडीबाट पौडेल समर्थक कार्यकर्ताहरुले पनि ढुंगा प्रहार गरेका थिए ।
पौडेलले सम्बोधन बिचमै रोकेर हिंडेपनि सो क्षेत्रमा तनाव भने बेलुकासम्मै जारी थियो ।

सरकारले ठूलो संख्यामा प्रहरी तैनाथ गरेर शिलान्यास सम्पन्न गरेपनि शिलान्यास स्थलनै जोगाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । मोतिपुर औधोगिक कोरिडोरका लागि अतिक्रमण गरेको ८१३ बिगाहा जमिन मध्य २५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।
स्थानीयको विरोधकाविच सुरक्षाघेरामा आयोजना शिलान्यास भए पनि यसले औद्योगिक क्षेत्रको निर्माण सहजै हुन भने कठिन देखिन्छ ।