बुटल,१९ फागुन ।
रपन्देहिको गैडहवा गाउपालिकामा आज देखि तेश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु भएको छ ।
सूर्यपुरा बहुमुखी क्याम्पसको खेल मैदानमा शुरु भएको प्रतियोगिताको गाउपालिका अध्यक्ष बच्चुलाल केवटले शुभारम्भ गरे ।
प्रतियोगिताको शुभारम्भ गर्दै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले बिधार्थीहरुको अन्तरनिहित क्षमतालाई बाहिर ल्याई खेलकुदको माध्यमबाट बिधार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न मद्दत पुराउने उदेश्यले प्रतियोगिता संचालन गरेको बताए ।
जनता समाजवादी पार्टीका जिल्ला प्रवक्ता मोहम्मद इस्लामले बिधार्थीहरुलाई निरन्तर रुपमा कक्षा कोठा भित्रको पढाईलाई पुर्नताजगी बनाई सृजनात्मक अध्ययनको बानी बसाउन पनि समय समयमा आन्तरिक तथा बाह्य खेलकुद प्रतियोगिताहरु संचालन गर्नु आवस्यक भएको बताए ।
जनकल्याण माध्यमिक बिधालयका प्रधानाध्याप संजय कुमार यादवले राष्ट्रपति खेलकुद प्रतियोगिताले बिधालय बिधालय,शिक्षक र बिधार्थी बिचको सम्वन्धलाई बलियो बनाउने बिचा यm गरे ।
ब्राईट दिक्षा ईंलिस बोर्डिंग स्कुलका प्रधानाध्यापक ईश्वरी अधिकारीले गाउपालिकाबाट संचालन हुने खेलकुद प्रतियोगिताले बिधार्थीहरुमा भएको आन्तरिक प्रतिभा अन्य बिधालयका बिधार्थीहरुसंग प्रतिस्पर्धा गर्दा बिधार्थीहरु बिचको सामुहिक सिकाई,अनुभव र आत्मिय प्रतिस्पर्धाको बिकास हुने बताए ।
गैडहवा गाउपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा गैडहवा गाउपालिका सामाजिक तथा शिक्षा समितिका संयोजक भुवन बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा सूर्यपुरा माध्यमिक बिधालयका सहायक प्रधानाध्यापक रामजी आचार्य,,बिष्णुपुरा माध्यमिक बिधालयका प्रधानाध्यापक हरिशचन्द्र कोहांर लगायतले बोलेका थिए ।
प्तियोगितामाा ३५ बिधालयका करिब ५ सय भन्दा बढी छात्र छात्राहरुले २२७ पदकका लागि एथलेटिक्स,भलिवल,कबडी लगायत ४५ खेलहरुमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।