Share this News on Social Networking Pages

बुटवल,१९ फागुन ।
शहिद यादवनाथ आलोकको स्मृतिमा नेपाल तरुण दल, तिलोत्तमा नगर समितिले भोली देखि संचालन गर्नेे फुटसल प्रतियोगिताको सबै तयारी पुरा भएको जनाएको छ ।

एक वर्षअघि घोषणा गरेकोमो कोभिड १९ संक्रमणका कारण स्थगित भएको फुटसल प्रतियोगिता पुनः संचालन गरिने भएको हो ।
आयोजक नेपाल तरुण दल, तिलोत्तमाले आज पत्रकार सम्मेलन गरि भोलीदेखि शुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो ।

कार्यक्रममा नेपाली काग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले ०४६ सालको नेपाली राजनितिमा सुर्यपुरा काण्डले ठुलो हलचल ल्याएको बताए ।

नेपाल तरुण दल, तिलोत्तमा नगरका अध्यक्ष खिम बहादुर क्षेत्रीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा सहिद परिवारकी बिना न्यौपाने, नेपाल तरुण दलका पुर्व जिल्ला सभापति चिरञ्जीवी पौडेल, सचिव होम पौडेल, नेपाल तरुण दल जिल्ला कोषाध्यक्ष बासु बस्याल, एन्फा रुपन्देहीका महासचिव लोक पुनले प्रतियोगितालाई गोल्डकपका रुपमा निरन्तरता दिन सुझाव दिएका थिए ।

३ दिनसम्म संचालन हुने प्रतियोगितामा तिलोत्तमा नगरका १७ वटा वडाका टिम र आयोजकको एउटा टिम गरि १८ टिमको सहभागिता हुने खेल संयोजक अर्जुन क्षेत्रीले जानकारी दिए ।

प्रतियोगिताको उपाधि विजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र पुरस्कार पाउने छन ।

यसैबिच समापनका दिन रुपन्देहीका पत्रकार र आयोजक बिच मैत्रीपुर्ण प्रतियोगिता समेत आयोजना हुने जनाइएको छ ।

प्रतियोगिताको लुम्बिनी एग्रो ईण्डष्ट्रिजका कुमार दुवेले प्रथम पुरस्कार ३० हजार रुपैया र यातायात मजदुर व्यवसायी भलाईकोषले उपविजेताको पुरस्कार १५ हजार रुपैयाँ दिने भएका छन ।