बुटवल,१८ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा ठाेक्किदा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई सहचालक घाइते भएका छन् ।
ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका दुवै चालकको जिल्ला अस्पताल डण्डामा उपचारका क्रममा आज बिहान करिब तीन बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा दुवै ट्रकका सहचालकहरु घाइते भएका छन् । घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई-६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का रहेका छन् । घाइते दुवै जनाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको रजहर प्रहरीले जनाएको छ ।
उनीहरुकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।