बुटवल,१६ फागुन ।
बुटवलमा जारी चौथो बुटवल खुल्ला लन टेनिस प्रतियोगिताको आज तेस्रो दिनसम्मको खेलसम्म मेन्स डबल्सको छिनोफानो भएको छ ।
मेन्स डबल्सतर्फको उपाधि रितिक राना र नबिन मगरको जोडीले हात पारेका छन । मेन्स सिगलतर्फ सेमीफाईनलमा प्रनव खनाल, रितिक राना, निशान श्रेष्ठ र सन्तोष खत्री स्थान बनाएका छन ।
वुमन्स सिगलतर्फको सेमीफाईनलमा पे्ररणा कोइराला, सलोनी तामाङ, मायाङका राणा र अभिलाषा विष्ट पुगेका छन ।
बुमन्स डबल्स तर्फ पहिलो सेमीफाईनल खेलमा अभिलाषा विष्ट र इरा रावतको जोडीले नेपालको रेकिङका नम्बर वन खेलाडी प्रेरणा कोईराला र मायाङका राणाको जोडीलाई ६–३, ६–३ को सेट तथा श्रेष्ठा राई र प्रकृति श्रेष्ठको जोडीले सलोनी तामाङ र आजा रेग्मीको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेका छन ।
यसैगरि ३५ प्लस सिगलतर्फ सेमीफाईनलमा कमल भण्डारी, रामु बिक, राजन पौडेल र संजय प्रकाश श्रेष्ठ प्रवेश गरेका छन ।