बुटवल,१६ फागुन ।
नेपालमा आइतबार थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर दुई हजार पाँच सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार एक सय ४३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ७० हजार चार सय सात जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।