Share this News on Social Networking Pages

बुटवल, १५ फागुन ।
नेपालनियमित रक्तदाता संघ रुपन्देहीले १ सय १५ प्वाइन्ट रगत सकलङ गरि रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरेकोे छ ।

संघले हरेकमहिनाको तेस्रो शनिवार आयोजन गर्ने नियमित रक्तदान कार्यक्रमअन्तर्गत फागुन महिनाको शनिवारको कार्यक्रमवाट उक्त रगत संकलन गरेको हो ।
लुम्बिनीप्रदेशका सभामुखपुर्ण बहादुर घर्तीले नियमित रक्तदाता संघलाई आवश्यक सामाग्री सहयोग गर्ने प्रतिवद्धता जनाए ।

रक्त संकलन जस्तो महत्वपूर्ण कार्य गर्दै आएको सामाजिक संस्थाको कार्यालय भने एउटा झोलामा सिमित रहेको छ । कार्यालय स्थापनागर्न आर्थिक अभाव रहेको सस्थाका अध्यक्ष दयाबहादुर सिलवाले बताए ।

कार्यक्रममा संघका प्रमुख सल्लाहकार विमलबहादुर शाक्य,सल्लाहकार सुरेन्द्र कुमार शाक्य लगायतले समाजमा संघले अनुकरणीय कार्य गर्दै आइरहेकाले सबैको सहयोग जरुरी रहेको औल्याए ।

रक्तदान कार्यक्रम संयोजक मन्जु गिरीको स्वागत र सचिव महेश खनालको संचालनमाकार्यक्रम सम्पन्नभएको हो ।