बुटवल,१४ फागुन ।
रुपन्देहीमा शुक्रबार थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा दुई महिला र तीन पुरुष गरी पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
यससँगै रुपन्देही जिल्लामा कोरोना संक्रमितको संख्या नौं हजार ३३ पुगेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाका चार जना र सिद्धार्थनगर नगरपालिकाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
जिल्लामा हालसम्म आठ हजार आठ सय ६२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
रुपन्देहीमा हालसम्म एक सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हल जिल्लामा २५ जना कोरोना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।